Phone: +(९७७) ०७६५५०१६३, +(९७७) ०७६५५००६०
Email: synergycoop@yahoo.com
लक्ष्मण प्रसाद बेल्बासे
(अध्यक्ष)

लक्ष्मण प्रसाद बेल्बासे (अध्यक्ष)

आदरणीय सम्पूर्ण शेयर सदस्यज्यू,
नेपाल सरकारले स्वः स्फूर्त रुपमा सहकारीहरूलाई एकीकरणका लागि आह्वान गरेको परिवेशमा हामीले मिति २०७७ साल भाद्र २८ गते संयुक्त कार्यदल गठन गरी औपचारिक रुपमा कार्य अगाडि बढायौं र कार्यदलले आफूले पाएको जिम्मेवारी अनुसार कार्य सम्पादन गर्दै मिति २०७८ साल असार १५ गते बाणगङ्गा नगरपालिकाबाट एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. ले कानुनी वैधता प्राप्त गर्यो र हामीले असार २२ गते घोषणा तथा कारोबारको शुभारम्भ समारोह सम्पन्न गर्न पुग्यौं ।
सहकारी क्षेत्र वित्तीय क्षेत्रको राष्ट्रको तीन खब्बे अर्थ नीतिको एक अभिन्न अङ्ग बन्न पुगेको परिवेशमा सहकारीहरूलाई उत्पादन र सदस्यमुखी भई कार्य सम्पादन गर्नु सदस्यहरूको दोहोरोपनलाई अन्त्य गरी व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पूँजीलाई उपलब्धिमूलक रुपमा परिचालन गर्न नेपाल सरकार एवम् स्थानीय तहको नीति निर्देशन अनुसार एकीकरण प्रक्रियामा जान बाञ्छनीय भएकोले विशेषत कृषि, कृषिजन्य उद्यम, बजार प्रवर्धन, उद्यमशीलता विकास, रोजगार प्रवर्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवर्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरू बीच एकीकरण गर्ने विषयलाई उच्च महत्वका साथ अगाडि बढाउदै ऐतिहासिक एकीकरणको कार्यभार पहिलो चरणमा पूरा गर्ने सन्दर्भमा सहकारी अभियान मार्फत योगदान पु¥याउने हेतुले २०६१ सालमा स्थापना भएको श्री कृषि बहुउद्देश्यीय सहकारी संस्था लि., वोडगाउँ, २०६३ सालमा स्थापित सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि., बनगाई, २०६३ सालमा स्थापित घरघरमा बचत तथा ऋण सहकारी संस्था लि., वोडगाउँ, २०६५सालमा स्थापित बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि. चप्परगाउँ, २०६९ सालमा स्थापित श्री अभियान कृषि सहकारी संस्था लि., भड्डीहवा, २०७१ सालमा स्थापित उज्जवल महिला कृषि सहकारी संस्था लि., बोडगाउँका बीच एकीकरण कार्यले वैधानिकता प्राप्त गर्दै एकीकृत सहकारीको रुपमा सिनर्जी बहुउद्धेश्यीय सहकारी संस्था लि. को स्थापना गर्न पुगेका अध्यक्षको मन्तव्य लक्ष्मण प्रसाद बेल्वासे अध्यक्ष प्रारम्भिक साधारण सभा घघ प्रगति प्रतिवेदन २०७७÷०७८ छौं । यसै अवधिमा संस्थाको कार्यक्षेत्र विस्तार भई लुम्बिनी प्रदेशका ४ वटा जिल्ला क्रमशः कपिलवस्तु, रुपन्देही, दाङ्ग र अर्घाखाँचीमा आफ्ना कार्यहरू विस्तार गर्ने ऐतिहासिक अवसर प्राप्त गरेका छौं । हाम्रा आगामी दिनहरू विशेषगरी हामीले तय गरेको दीर्घकालिन रणनैतिक योजना, पञ्च वर्षिय व्यवसायिक योजना र त्यसका आधारमा तय गरिने बार्षिक बजेट तथा कार्यक्रमका आधारमा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई स्पष्ट दिशा निर्दिष्ट गर्दै अगाडि बढिरहेका छौं । सहकारी अभियान मार्फत समुदाय र सदस्यहरूको सामाजिक, आर्थिक र साँस्कृतिक जीवन स्तर उकास्न क्रियाशील रहदै सिनर्जी बहुउद्देश्य सहकारी संस्था लि. हामी सबैको आशा र भरोशाको केन्द्र बन्नेमा विश्वस्त छौं । आफ्ना सदस्य मार्फत सिङ्गो समुदायको समग्र समृद्धिका निम्ति समृद्धिका लागि सहकार्य लाई मूल मन्त्र बनाएर अगाडि बढनेछौं । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आगामी दिनमा सहकारी मार्फत सदस्यलाई उत्पादनसँग जोडदै, समुदाय स्तरमा सिप र प्रविधिको प्रयोग गर्दै थप अवसर सिर्जना गर्न पुँजीलाई अझ बढी उपलब्धिमूलक परिचालनमा जोड दिइनेछ । राज्यका सहकारी मापदण्डलाई पूर्णरुपमा कार्यान्वयनमा प्रतिवद्ध रहँदै समय सापेक्ष हामीले हाम्रा सेवालाई विधि, प्रक्रिया, पारदर्शिता तथा जवाफदेहिता मार्फत आफ्ना सदस्यको विश्वास जित्नेछौं । हाम्रा फरक फरक कार्य, अनुभवको आधारमा परिवर्तित समयसँगै संस्थालाई अझ गतिशील र प्रभावकारी बनाउन सामुहिक नेतृत्व प्रणालीलाई संस्थागत गर्दै अगाडि बढनेछौं । यहाँहरूको सहकारीप्रतिको लगाव, अगाध स्नेह र सरोकारले सिनर्जी बहुउद्देश्य सहकारी संस्था लि. राष्ट्रकै एक अब्बल सहकारीको रुपमा पहिचान बनाउने कुरामा सिङ्गो नेतृत्व पङ्क्ति विश्वस्त रहेको कुरा सभा समक्ष राख्न चाहान्छु । सहकारी संस्था आफ्ना सदस्य एवं समाजको सुख दुःखको असल साथी बन्नका निम्ति निरन्तर क्रियाशील रहदै स्थापनासँगै योजनाबद्ध रुपमा अगाडि बढने र निर्माण गरिएका कार्यक्रमहरू अपेक्षाकृत सफल बनाउनका निम्ति हाम्रा सबै सदस्यज्यूहरूको रचनात्मक भूमिकाको अपेक्षा राख्दछौं । आजको यस गरिमामय प्रारम्भिक सभा मार्फत प्राप्त महत्वपूर्ण सुझावलाई मनन गर्दै आगामी योजना निर्माणका निम्ति हाम्रा लागि सुझाव मार्गदर्शन बन्नेछन् । सिनर्जी बहुउद्देश्यीय परिवारप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दै सिनर्जी बहुउद्देश्यीयको प्रगतिमा निरन्तर हाते मालो हुने विश्वास व्यक्त गर्दै सहकारी अभियानलाई विश्वसनीय बनाउदै यसको गरिमा बढाउन हाम्रो सिङ्गो सिनर्जी बहुउद्देश्यीय परिवार तत्पर रहने विश्वास एवम् प्रतिबद्धता व्यक्त गर्दै हृदयदेखि आभर एवम् कृतज्ञता व्यक्त गर्दछौं । धन्यबाद । 
जय सहकारी ।
जय सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि